काठमाडौं । अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक पदमा प्रचलित उमेर हद संशोधनविरुद्ध दायर रिट तथा भावी गभर्नर नियुक्तिसम्बन्धी पूरक रिट निवेदनमा आज सोमबार सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा आइतबारका लागि तय भएको दुवै रिटको सुनुवाइ न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा ४०औँ नम्बरमा परेको थियो। तर, समय अभावका कारण सुनुवाइ हुन नसकेपछि सोमबारका लागि पेसी सारिएको हो।
उमेर हदसम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिटमा यसअघि नै सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरिसकेको छ। र, आइतबार उक्त रिटसँगै सोही विषयमा थप दायर गरिएको पूरक निवेदनमाथि अन्तरिम आदेशका लागि बहस बोलाइएको भए पनि सुनुवाइ सम्भव भएन।
गभर्नर नियुक्ति प्रक्रियामा योग्यताको विषय उठाउँदै दायर पूरक रिटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सत्तारूढ गठबन्धनको सहमतिलाई मुख्य तवरले प्रश्न उठाइएको छ।
यससँगै गभर्नर नियुक्ति प्रक्रिया र उमेर हदसम्बन्धी कानुनी विवादले नयाँ मोड लिएको छ। दुवै मुद्दाको सुनुवाइ आज सर्वोच्चमा हुने तय भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।