add

रिहा भए तीनकुने घटनामा पक्राउ परेका धवलशमशेर राणा






ActPro Nepal

|

८ वैशाख, २०८२

|
80

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्।

राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको दंगामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणाको मुखमा रहेको क्यान्सर प्रभावित स्थानमा समस्या देखिएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको हो। आइतबार राति प्रहरीको निगरानीमा रहँदै राणालाई स्वास्थ्य अवस्था जटिल देखिएपछि परिवारको जिम्मा दिइएको अधिकारीले जानकारी दिए।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी गरिएको रिहाइलाई सकारात्मक कदम भनेका छन्। साथै उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित अन्य नेतालाई थुनामा राख्नु अन्यायपूर्ण र नाजायज भएको आरोप लगाउँदै आस्थाका आधारमा थुनामा रहेका सबैलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।

तीनकुने घटनापछि पक्राउ परेका राप्रपा नेताहरूप्रति प्रहरीले लिएको व्यवहारप्रति राप्रपाले निरन्तर असन्तुष्टि जनाउँदै आएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.