add

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज






ActPro Nepal

|

८ वैशाख, २०८२

|
21

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको पक्षबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन्। निवेदनमार्फत पौडेलले लामिछानेलाई गैरकानुनी ढंगले थुनामा राखिएको उल्लेख गरेकी छिन्।

यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। उक्त निवेदनपछि सर्वोच्च अदालतले उच्च अदालत र जिल्ला अदालतबाट सम्बन्धित कागजात झिकाइसकेको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

यस प्रकरणमा आजको सुनुवाइलाई राजनीतिक र कानुनी दुवै तहमा चासोका साथ हेरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.