काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
भैरहवाको सिद्धार्थनगर मैदानमा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछन् भने धनगढीको फाप्ला क्रिकेट मैदानमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।
जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा छ। प्रहरीका दुवै विभागीय टिमलेसमेत दुईदुई खेलमा दुई जित निकाल्दै चार–चार अंक जोडेका छन्। रनरेटका आधारमा सशस्त्र दोस्रो र नेपाल पुलिस तेस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको लुम्बिनीले एक खेल गुमाउँदै चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।
तीन खेल खेलिसकेका सुदूरपश्चिम, कर्णाली र गण्डकीले एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका छन् भने दुई खेल खेलेको मधेशले एक हार र एक जितसहित दुई अंक बनाएको छ।
दुई खेल खेलिसक्दा बागमती अंकबिहीन छ भने तीन खेल खेल्दा कोशी प्रदेशले अंक जोड्न सकेको छैन।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।