काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४६ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबारको तुलनामा आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा निर्धारण हुने भएकाले भाउमा दैनिक परिवर्तन भइरहन्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।