आजको पञ्चाङ्ग
काठमाडौं । २०८१ फागुन २८ गते, बुधवार, १२ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष त्रयाेदशी तिथि, ९ः५० बजेपछि चतुर्दशी। मघा नक्षत्र। चन्द्रराशि सिंह।
आजको राशिफल
मेष : दिन राम्रो छ। खर्च गर्न सचेत बन्नुपर्ने छ। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। साथीको सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृष : तपाईंको बोलीको प्रभाव राम्रो छ। बोल्दा सचेत बन्नुपर्नेछ। सामाजिक कार्यक्षेत्रमा बोल्दा विशेष ख्याल गर्नुपर्नेछ। विदेशतर्फ आकर्षण बढ्नेछ। परदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।
मिथुन : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नसक्छ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्न सकिने छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।
कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारसँग काम गर्दा एक पटक सोच्नुपर्ने दिन छ।
सिंह : चन्द्रमा तपाईंको राशिमा आइपुगेकाले दिन राम्रो बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण सफल बन्नेछ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। परिवारको तर्फबाट खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नसक्छ। हरेक काममा अवरोध हुनसक्ने खतरा छ। परिवारसँगको जिम्मेवारीको बोझले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।
तुला : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। राज्यका अंगमा तपाईंको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुहुनेछ। दक्षिणको लामो यत्रा नगर्नु उचित हुन्छ।
वृश्चिक : दिन राम्रो छ। सप्तम भावमा उदयमान वृहस्पति रहेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यावहारिक समस्याको समाधान हुनेछ। काम गर्ने समयमा हिम्मत गर्नुपर्नेछ। राज्यका अंगमा जिम्मेवारी भए बढुवा हुनेछ।
धनु : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। रोजगारीका क्षेत्रमा अवरोध हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफ्ना भनेर विश्वास गरेका मान्छेबाट धोका हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।
कुम्भ : दिन तनावपूर्ण बन्नेछ। साना कुराले मनमा झन्झट आइपर्नेछ। लग्न कुण्डलीमा शनि तेस्रो, छैटौं र ११ औं स्थानमा भए उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।
मीन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। व्यापारमा साझेदारी भएमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।