add

नेप्सेमा ३२.२१अंकको गिरावट






ActPro Nepal

|

२७ फागुन, २०८१

|
189

काठमाडौं । सेयर बजारमा लगातार सातौं दिन गिरावट आएको छ । फागुन १९ गतेदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ७ दिनमा नेप्से १७० अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै २ करोडले घटेर ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये विकास बैंक बाहेक अरु सबैको परिसूचकमा गिरावट आएको छ । विकास बैंक समूहको परिसूचक १.९३ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह २.४९ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ५८ करोड ६५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ३३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज महालक्ष्मी विकास बैंकका सेयरधनीले सर्वाधिक ९.९८ प्रतिशत कमाएका छन् भने नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले ६.६९ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.