add

सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, २७.७६ प्रतिशतले वृद्धि, कुनले कति दिए ?






ActPro Nepal

|

२७ फागुन, २०८१

|
102

काठमाडौं । पछिल्लो समय नेपालमा सेयर कर्जाको लगानी तीव्र गतिमा बढ्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता, नेपाल राष्ट्र बैंकको नीतिगत लचकता, घट्दो ब्याजदर लगायतका कारण लगानीकर्ताहरू सेयर किन्न आक्रमक रूपमा अघि बढिरहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ, जुन गत वर्षको तुलनामा २७.८ प्रतिशतले वृद्धि भएको हो ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । तर, चालु आवको माघ मसान्तसम्म आइपुग्दा यो रकम २५ अर्बले वृद्धि भई १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । चालु आवमा बैंकहरूले मासिक औसतमा ३ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्, जसमा भदौ महिनामा सबैभन्दा धेरै ८ अर्ब ३२ करोड रुपैयाँ लगानी भएको थियो ।


राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिने लगानीकर्ताको संख्या २६.६ प्रतिशतले वृद्धि भएको छ । २०८१ असार मसान्तसम्म १ करोडभन्दा बढीको कुल सेयर कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म आइपुग्दा यो रकम ७६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा लगानी १७ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

सेयर कर्जाको माग बढ्नुमा नेपाल राष्ट्र बैंकको नीतिगत लचकता प्रमुख कारण रहेको छ । विगतका वर्षहरूमा राष्ट्र बैंकले सेयर कर्जामा ४/१२ करोडको सीमा तोकेको थियो । तर, आलोचनापछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको थियो । त्यसपछि, गत आवमा यो सीमा अझै बढाएर व्यक्तिगत लगानीकर्ताका लागि १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोड रुपैयाँ पुर्‍याइएको थियो । चालु आवमा आएर संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा समेत हटाइएपछि ठूला लगानीकर्ताले आक्रमक रूपमा ऋण लिएर सेयर किन्न थालेका छन् ।

बैंकिङ प्रणालीमा हाल अधिक तरलता छ, जसका कारण बैंकहरूले कर्जाको ब्याजदर निरन्तर घटाइरहेका छन् । अधिकांश बैंकहरूको औसत बेसरेट ७ प्रतिशतभन्दा तल झरेको छ, जसले गर्दा सस्तो ब्याजदरमा ऋण उपलब्ध हुने अवस्था सिर्जना भएको छ । अर्थतन्त्रमा उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा कर्जाको माग सुस्त हुँदा बैंकहरूले सेयर, घरजग्गा, व्यापारिक कर्जा जस्ता क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएपछि बैंकहरू अझ आक्रमक रूपमा सेयर कर्जा प्रवाह गरिरहेका छन् ।

बजारमा सेयर कर्जाको माग निरन्तर बढिरहेको छ । यदि राष्ट्र बैंकले कडाइ नगर्ने हो भने निकट भविष्यमा सेयर बजारमा ठूला लगानीकर्ताको प्रभुत्व झनै बढ्ने देखिन्छ । बैंकहरू आक्रमक रूपमा सेयर कर्जा प्रवाह गरिरहेकाले यो प्रवृत्ति आगामी महिनाहरूमा अझ वृद्धि हुने अनुमान गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.