काठमाडौं । स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दैछ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ। बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए।
माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालकालागि पदाधिकारी बैठक बोलाएको हो। उपनिर्वाचनमा माओवादी केन्द्रले सत्तारुढ दल बाहेकसँग चुनावमा तालमेल गर्न सक्ने बताएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।