add

मन्त्रिपरिषद्को बैठक बस्दै, सम्भावित एजेण्डा यस्ता छन्






ActPro Nepal

|

२५ कार्तिक, २०८१

|
122

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । केही दिन यता अस्वस्थ्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री अस्वस्थ्य भएपछि केही दिन यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन। बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 बैठकले केही महत्वपूर्ण नियुक्ति र बढुवाको सिफारिस गर्ने तयारी गरेको छ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको चिन भ्रमणका विषयमा पनि छलफल हुने बुझिएको छ।

 मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई विदाइ गर्न विमानस्थल जाने कार्यतालिका छ। पौडेल दिउँसो साढे ४ बजे अजरबैजान प्रस्थान गर्दैछन् । उनी जलवायु सम्मेलनमा सहभागी हुन बाकु जान लागेका हुन्।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.