add

परिणाममुखी काम गर्न प्रतिबद्ध छु: स्वास्थ्यमन्त्री






ActPro Nepal

|

२४ कार्तिक, २०८१

|
58

दमौली (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन्।

नेपाली कांग्रेस शुक्लागण्डकी नगरसमितिले शनिबार यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको बताएका हुन्।

मन्त्री पौडेलले भने, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौं, अब त्यसलाई सूक्ष्मढङ्गबाट कार्यन्वयन गर्नेतर्फ अगाडि बढेका छौं।”

एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने उनको भनाइ थियो।

अर्को प्रसङ्गमा मन्त्री पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे। उनले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राखे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.