काठमाडौं । जानकी फाइनान्सको खुद नाफामा उछाल आएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५ हजार ७२३.३२ प्रतिशतले बढेको हो ।
चालु आवको असोज मसान्तसम्म फाइनान्सले ६ करोड ९० लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ६ करोड ८६ लाख रुपैयाँ धेरै हो । गत वर्ष असोजसम्म फाइनान्सले जम्मा ४ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा फाइनान्सकोे ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा र संचालन नाफा बढ्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।
समीक्षा अवधिमा फाइनान्सकोे खुद ब्याज आम्दानी ३.४० प्रतिशतले घटेर ४ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । फाइनान्सकोे संचालन नाफा भने १५ हजार ७२३.२४ प्रतिशतले बढेर ९ करोड ८६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ७ करोड ७१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ ।
असोज मसान्तसम्ममा फाइनान्सले ४ अर्ब ३६ करोड निक्षेप संकलन गरी ३ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सकोे जगेडा कोषमा ४३ करोड ९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सकोे रिटेन्ड अर्निङ ६५ करोड २५ लाख रुपैयाँ ऋणत्मक छ ।
नाफासँगै फाइनान्सकोे प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर आम्दानी ६० पैसाबाट बढेर ४० रुपैयाँ पुगेको छ ।
यस अवधिमा फाइनान्सको खराब कर्जामा भने दोब्बरले बढेको छ । गत वर्ष असोजसम्म १७.६० प्रतिशत रहेको फाइनान्सको खराब कर्जा चालु आवको सोही अवधिमा बढेर ३४.६४ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर नेटवर्थ ६७.९० रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.३५ गुणा, बेसरेट १०.५३ प्रतिशत रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।