add

कति छ वाणिज्य बैंकहरूको लाभांश क्षमता?






ActPro Nepal

|

८ कार्तिक, २०८१

|
344

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा सुधार आएको आएको छ ।

बैंकहरूले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २१.६३ प्रतिशतले बढेको हो ।

चालु आवको असोज मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ नाफा कमाएक छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८८ करोड रुपैयाँ धेरै हो । गत वर्ष पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका थिए।

चालु आवमा बैंकहरूले व्यवसाय विस्तार गरेरभन्दा पनि विगतमा गरिएको कर्जा असुली गरेर नाफा बढाएका हुन् । अर्थतन्त्र क्रमशः चलायमान हुन थालेसँगै बैंकहरूको कर्जा रिकभरीमा सुधार आउँदा नाफा बढेको हो ।

साथै, नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाका कारण पनि बैंकहरूको नाफामा सुधार आएको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंकहरूले असल धितोमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) १.२ प्रतिशतबाट घटाएर १.१ प्रतिशतमा झारेको थियो ।

त्यस्तै, निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था गरेको थियो। यी ले पनि नाफा बढाउन सहयोग पुर्याएको छ ।

साथै, थोरै भए पनि नयाँ कर्जा लगानी बढाउँदा पनि  बैंकहरूको नाफा बढ्न सहयोग पुगेको छ । विगत डेढ वर्षदेखि सुस्त रहेको कर्जा लगानी भदौ र असोजमा भने बढेको छ । यी दुई महिनामा मात्रै १ खर्ब रुपैयाँ नयाँ कर्जा लगानी भएको छ ।

१३ बैंकको नाफा बढ्यो, ७ को घट्यो

समीक्षा अवधिमा १३ बैंकले खुद नाफा बढाउन सफल भएका छन् भने ७ वटाको घटेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरूको नाफा ९ गुणासम्मले बढेको छ । जसमा सिद्धार्थ, नेपाल, कुमारी र लक्ष्मी सनराइज बैंकको खुद नाफा ४ गुणाभन्दा धेरैले बढेको छ ।

समीक्षा अवधिमा सिद्धार्थ बैंक्को खुद नाफा सर्वाधिक ७९१.४३ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी सनराइज ४२०.५३ प्रतिशत, नेपाल ३२२.९८ प्रतिशत र कुमारीको ३०८.५० प्रतिशतले बढेको छ । त्यसैगरी, नेपाल एसबीआई ७० प्रतिशत, एभरेष्टको ४४.४४ प्रतिशत र नबिलको नाफा ३९.९७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा ७ बैंकको भने नाफा घटेको छ । जसमा एनआइसी एशियाको सबैभन्दा धेरै ८९.०६ प्रतिशतले घटेको छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यको ८२.४० प्रतिश, हिमालयनको ३१.२२ प्रतिशत, सानिमा १७.२७ प्रतिशत र सिटिजन्सको १२.५५ प्रतिशतले नाफा घटेको छ । माछापुच्छ्रे ७.१९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको ३.८२ प्रतिशतले नाफा घटेको छ ।

कुनले कति कमाए ?

तीन महिनामा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । असोजसम्म नबिलले २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा ८ वटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । जसमा नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, प्राइम कमर्शियल १ अर्ब २८ करोड, एनएमबी १ अर्ब १४ करोड, एभरेष्ट १ अर्ब १२ करोड, कुमारी २ अर्ब ७ करोड र प्रभुले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्इस्तै, ३ महिनामा ६ बैंकले ५० करोडदेखि १ अर्बभन्दा कम नाफा कमाएका छन् । जसमा स्ट्याण्डर्ड चार्टर्ड ८६ करोड, हिमालयन ७२ करोड, नेपाल ६० करोड, लक्ष्मी सनराइज, साढे ५३ करोड र माछापुच्छ्रेले ५० करोड नाफा कमाएको छ ।

६ बैंकको नाफा भने ४० करोड रुपैयाँभन्दा कम छ । जसमा एनआइसी एशिया बैंकको सबैभन्दा कम ११ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड, कृषि विकास १९ करोड, सिटिजन्स २४ करोड, सिद्धार्थ ३८ करोड र सानिमाले ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.