काठमाडौं । नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३९.९७ प्रतिशतले बढेकोे हो ।
बैंकले असोज मसान्तसम्म २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५९ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष असोजसम्म १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप १५.५७ प्रतिशत र कर्जा लगानी ७.८४ प्रतिशतले बढेको हो ।
हाल २७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा ४ अर्ब ९८ करोड रुपैयाँ । यस अवधिमा बैंकको जगेडा कोषमा भने ३० अर्ब ५ करोड संचित छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड रुपैयाँ छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ८.८२ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँबाट बढेर २९.८३ रुपैयाँ पुगेको छ ।
असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ, बेसरेट ७.०२ प्रतिशत छ । यस अवधिमा बैंकको खुद निष्क्रिय कर्जा १.४२ प्रतिशत रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।