काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
आसोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । यस्तै संचालन नाफा १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड ७४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा २६ अर्ब ८० करोड ९० लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप संकलन ५.२३ प्रतिशतले बढेर ५ खर्ब १२ अर्ब ९४ करोड ५ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी ७.५५ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ३५ करोड ८७ लाख १४ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ । बैंकको खराब कर्जा ४.६७ प्रतिशत पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।