add

तीन विकास बैंक र चार फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
22

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ७ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ३ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्नेमा सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यसैगरी, रिलायन्स फाइनान्स, प्रोगेसिभ फाइनान्स, गोर्खा फाइनान्स र जानकी फाइनान्सलाई पनि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कारबाहीमा परेका बैंकका संचालक र सीईओलाई सचेत गराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका कारण रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

त्यस्तै, सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले यी बैंकका संचालक र सीईओलाई सचेत गराएको छ । मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् । गोर्खा फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । गोर्खाज फाइनान्स तत्कालीन अध्यक्ष–संचालक संस्थाको ऋणी–ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरू मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको राष्ट्र बैंकले जनाएको छ । यसका संचालक र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.