add

लागूऔषधसहित पाँचजना पक्राउ






ActPro Nepal

|

२४ साउन, २०७९

|
727

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ। 

प्रहरीले हेटौँडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेका छन्। उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

त्यसैगरी प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.