काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।