बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ९ सिमखेतबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जुवातास चलिरहेको खबर पाएपछि गएको प्रहरी टोलीले नगद ९१ हजार पाँच सय ७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको हो।
जुवातास खेलिरहेको अवस्थामा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नं. ८ का नन्दबहादुर बोहरा, मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र विष्णु मण्डेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा कर्मचारी, व्यापारी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।