add

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा,को कहाँ?






ActPro Nepal

|

८ साउन, २०७९

|
663

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। जसमध्ये ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखमा एसपी अजय केसीको काज सरुवा गरिएको छ। केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत थिए। केसीको ठाउँमा एसपी शिवकुमार श्रेष्ठ आउने भएका छन्।

त्यसैगरी बारा प्रहरीको प्रमुखमा एसपी होबिन्द्र बोगटीको सरुवा भएको छ। बोगटी प्रहरी प्रधान कार्यालयस्थित कानुन शाखामा थिए। त्यसैगरी कपिलवस्तु प्रहरी प्रमुखमा प्रेमबहादुर बस्नेत, रौतहट प्रहरी प्रमुखमा बीरबहादुर बुढामगर, मकवानपुरमा बामदेव गौतम, डोटीमा दिलिप घिमिरे, भक्तपुरमा प्रजित केसी, इन्टरपोल शाखामा अनुपमशम्शेर जबरा, युएन शाखामा विश्व अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गंगा पन्तको सरुवा भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.