add

ट्राफिक नियन्त्रण तालिम सुरु






ActPro Nepal

|

४ साउन, २०७९

|
1269

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४४औं  समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ। 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरू भएको सो तालिमको उद्घाटन समारोहमा ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उक्त अवसरमा प्रहरी उपरीक्षक संजिव शर्मा दासले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्‍याउने उल्लेख गरे। ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानविय तथा भौतिक श्रोत साधनहरुकोउच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनलेले जोड दिए।


प्रशिक्षार्थीहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गदै तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास पनि व्यक्त गरे ।


कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान ४३ जना (१ जना महिला सहित) कुल ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

उक्त तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । 

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.