add

ट्राफिक कारबाहीबाट काठमाडौं उपत्यकामा ३३ करोड राजस्व संकलन






ActPro Nepal

|

२ साउन, २०७९

|
873

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्दा ३३ करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा उपत्यकाका तीन जिल्लामा ५ लाख ४ हजार ६९७ सवारीलाई कारबाही गरी ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व आम्दानी गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। 

सडक लेन अनुशासन उल्लंघन गर्ने १३ हजार ८९३ जना कारबाहीमा पर्दा ३३ हजार ५९० जना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा कारबाहीमा परेका हुन्। यस्तै, तीव्र गतिमा सवारी हाँक्ने १८ हजार ४४७ सवारी कारबाहीमा परेका छन्। रातो बत्ती नियमको पालना नगर्नेहरूको संख्या करिब १९ हजार छ। अव्यवस्थित सडक पार्क तथा फुटपाथ पार्किङ गर्दा ४१ हजार ९०५ जना कारबाहीमा परेका छन्। 

प्रहरीले विभिन्न घटनाको अनुसन्धान गर्न सीसीटीभीको समेत सहयोग लिँदै आएको छ। यसरी मेट्रोबाट प्राप्त फुटेजका आधारमा १ हजार २ सय ३ वटा घटनामाथि कारबाही गरेको छ भने मेट्रो सीसीटीभीबाट फिल्डमा ७ हजार ४ सय ५३ वटा घटनामाथि कारबाही भएको छ। यसरी सीसीटीभीबाट मात्र ८ हजार ६५६ वटा घटनामाथि कारबाही भएको छ।  बढी भाडा लिने १० हजार २९५ सार्वजनिक सवारीकारबाहीमा परेका छन्। 

यस्तै १ हजार ५ सय ९० वटा मोटरसाइकल हराएको भन्दै ट्राफिक प्रहरीमा निवेदन परेको छ। यस्तै ५०६ मोसा चोरीका घटनामा अनुसन्धान भइरहेको र ३७४ व६ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको  प्रहरीले जानकारी दिएको छ। 

ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रहरीले सचेतना कडा समेत चलाउँदै आएको छ। यसरी १ लाख १२ हजार ७९६ जनालाई सचेतना कक्षा दिइएको छ। यस्तै ७ हजार २५० विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ। ट्राफिक नियम उल्लंघन गर्दा ३ हजार ३५० पैदलयात्रीले पनि ट्राफिक कक्षा लिनुपरेको छ। जम्मा १ लाख ८० हजार ३३७ जनाले सचेतना कक्षामा सहभागिता जनाएका छन्। 

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन १० किअस्क मेसिन जडान गरिएको र कागजपत्र लिने स्थान कार्यालयको संख्या ३० पुर्‍याइएको ट्राफिकले जानकारी दिएको छ। यस्तै ट्राफिक एफएमबाट र १५ वटा निकायसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्राफिक व्यवस्थापनमा ९ निकाय खट्दै आएका छन्। 

ट्राफिक जनशक्ति व्यवस्थापन एंव परिचालन

२२ स्थानमा २४ घण्टें डिउटी

३२६ स्थानमा अस्थायी डिउटी (बिहान ५ बजेदेखी बेलुका ८ बजेसम्म)

९३  स्थानमा पिक आवर डिउटी (बिहान ९-११, बेलुका ३-७ बजे)

२६ वटा मोवाईल कारवाही टोली (अफ आवरमा पैदल/मो.सा.)

२७ वटा Quick Response Team (QRT) परिचालन,

१२ वटा Traffic Rapid Squad(TRS) परिचालन,

४० स्थानमा दैनिक ३ घण्टा चेकिङ्ग (विहान, दिउँसो र राति),

३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेक प्वाईन्ट, 

प्रनाउको कमाण्डमा सेक्टरअनुसार अनुगमन 

मुख्य प्राथमिकताका गतिविधि

१. पार्किङ् व्यवस्थापन - काठमाडौँको अधिकाश Underground Parking मा पार्किङ्ग नभएर अन्य प्रयोजनको लागी प्रयोग भएको पाएको, जस्तै :- डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदनी वितरण, गोदाम जस्ता कार्यमा प्रयोग भईहेको । सो हटाउन र पार्किङ्ग व्यवस्थित गर्न सम्वन्धित निकायसँग समन्वय भईरहेको ।

२. फुटपाथ व्यवस्थापन – फुटपाथमा रहेका मो.सा. ग्यारेज (रिङ्गरोड बाहिर ५८ र रिङ्गरोड भित्र ४५ वटा) सोलाई व्यवस्थित गर्न कार्यदल बनाई सम्बन्धित निकायसँग समन्वय भईरहेको । 

३. आचरण व्यवहार तथा अनुशासन - ट्राफिकको व्यवहार सुधार गर्न दैनिक रुपमा ४० जना ट्राफिक  प्रहरीलाई यस काठमाण्डौं उपत्यकामा प्रहरी कार्यालय, रामशाहपथमा बोलाई आचरण व्यवहार तथा अनुशासन सम्बन्धी कक्षा संचालन गरिरहेको ।

४. काठमाडौंमा भत्किएको, खाल्डा खुल्डी सडक तथा खानेपानी र विद्युतले खनेर छाडेको सडक मर्मत गर्न संम्बन्धित निकाय संग समन्वय गरिरहेको । 

५. सडकमा लेन अनुशासन - यस आर्थिक वर्षमा १२ हजार भन्दा बढी सवारी साधनलाई लेन अनुशासन उल्लङ्घनमा कारवाही गरीरहेको र यसलाई अझ बढी व्यवस्थित बनाउन सि.सि.टि.भी, Go-Pro तथा ट्राफिक प्रहरीले निग्रानी गरिरहेको छ । 

यदि हामीले लेन अनुशासन कायम राख्न सकेको अवस्थामा एम्बुलेन्स, विरामी बोकेको गाडी तथा VIP सवारीमा अति सहज हुने कुरामा दुई मत नहुन सक्छ ।

६. हर्न निषेधलाई थप कडाइ - अनावश्यक रुपमा हर्न नबजाउन अनुरोध गर्दै हर्न कारवाहीलाई निकट भविष्यमा अझ प्रभावकारी बनाउनतर्फ ट्राफिक प्रहरी तत्पर रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.