add

थप कडा बन्दै काठमाडौं उपत्यकाको ट्राफिक चेकिङ, २२ स्थानमा २४ सै घण्टा प्रहरी खटिने






ActPro Nepal

|

२ साउन, २०७९

|
1219

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी चेकिङलाई थप कडा बनाउने भएको छ। विभिन्न स्थानमा चेक पोइन्टहरु राखेर सवारी चेकिङ तथा अनुमगन बढाउन लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले बताइन्।

अबदेखि काठमाडौंका २२ स्थानमा २४ सै घण्टा चेकिङ हुने भएको छ। त्यस्तै, २२६ स्थानमा अस्थाई ड्युटीमा खटाइने भएको छ।

यसैगरी, ९३ ठाउँमा पिक आवर ड्युटी खटाइने छ भने ४० स्थानमा दैनिक बिहान, दिउँसो र राति चेकिङ हुने भएको छ।

यस्तै, लेन अनुशासन, नो हर्न लगायतका ट्राफिक नियमलाई कडा बनाएर लैजाने डीआइजी चौधरीले बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.