add

बाढी पीडित मेलम्ची तथा चामे मनाङ्गबासीलाई नेपाल बैंकको सहयोग






ActPro Nepal

|

१ साउन, २०७८

|
915

काठमाडौं । नेपाल बैंक लिमिटेडले पीडित मेलम्ची तथा चामेका बाढीपीडितहरूका लागि साढे ८ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत असार १ गते आएको अविरल वर्षा तथा बाढीका कारण प्रभावित बनेका पीडितहरूलाई राहतस्वरुप चार लाख ५० हजार रुपैया उक्त नगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ ।

त्यसैगरी हिमालपारीको दुर्गम जिल्ला मनाङ्गमा गत जेष्ठ १४, ३१ र आषाढ १ गते आएको अबिरल बर्षा तथा मर्स्याङ्दी नदी तथा अन्य सहायक खोलाहरुमा आएको भीषण बाढीका कारणले उक्त जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका पीडितहरूका लागि बैंकले ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.