add

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार






ActPro Nepal

|

२७ असार, २०७८

|
569

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) पछि आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।

प्राप्ति प्रक्रिया पूरा भएरदेखि एकीकृत कारोबार सुरु भएको हो । नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो।

आइतबार एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरे ।

अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तिय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ उनले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रूपैयाँ पुग्नेछ। कूल पुँजीकोष ३२ अर्ब ६८ करोड रूपैयाँ हुने बैंकले जनाएको छ।

साथै, नबिल बैंकको शाखा सञ्जाल बढेर १३५ र एटीएम १८३ पुग्नेछ। निक्षेपको आकार २१६ अर्ब रूपैयाँ र कर्जाको आकार २०१ अर्ब रूपैयाँ हुने बैंकले जनाएको छ। यससँगै बैंकको कर्जा एवं निक्षेप दुवैको आकार दुई खर्ब रूपैयाँभन्दा माथि हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.