add

एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन






ActPro Nepal

|

२० असार, २०७८

|
638

काठमाडौं । एनआईसी एशिया बैंकको ३ अर्ब बराबरको ३० लाख कित्ता बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपनि ढिलो अवधि असार २० गतेसम्म विक्री खुला गरेको थियो ।

बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । 

प्रतिऋणपत्र रू: १ हजार दरको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.