add

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा सेवा






ActPro Nepal

|

१७ असार, २०७८

|
784

काठमाडौं। एनएमबि बैंकले ‘एनएमबी सापटी २.०’ नामक आर्टिफिसियल इन्टेलिजेन्सद्धारा सञ्चालित कर्जा सेवा शुरु गरेको छ । बैंकले अनलाइनमार्फत जुनसुकै समयमा पनि कर्जा लिन मिल्ने सुविधा ल्याएको हो ।

यस योजना अन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

नेपालमै पहिलोपटक २४ सै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको जनाइएको छ । बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै कर्जा प्राप्त गर्न सकिने बैंकको दाबी छ ।

एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताको परिपूर्तिका लागि प्रदान गरिने छोटो अवधिको धितोविनाको कर्जा रहेको बैंकले जनाएको छ ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म २४सै घन्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।

योजनामा ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताका आधारमा छनोट गर्न सक्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.