काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
सन् २०२१ मा विश्वको बृद्धिदर ५.६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको विश्व बैंकले नेपालको वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ ।
सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२/२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।