add

नारायणी विकास बैंकलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति






ActPro Nepal

|

२१ जेठ, २०७८

|
1104

काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी विकास बैंकको हकप्रद परिमार्जन गरिदिएको छ । २०० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको नारायणीलाई राष्ट्र बैंकले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा मात्रै हकप्रद गर्न अनुमति दिएको छ ।

यसै वर्ष मात्र संकटग्रस्त मुक्त भएको नारायणीको वित्तीय अवस्था कमजोर रहेको छ ।

बैंकले यसअघि नै १०० प्रतिशत हकप्रद जारी गरिसकेको छ भने पुनः २०० प्रतिशत जारी गर्न अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।

हाल १३ करोड १२ लाख ३४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.