add

कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको ८ करोड सहयोग






ActPro Nepal

|

६ जेठ, २०७८

|
1059

काठमाडौं । नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।

यस विषयमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउनेछ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपरिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो। यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुआती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ। चालु आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको छ।

त्यसैगरी नबिल बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी सुरु गरेको थियो। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपतकालीन पूर्वतयारीसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ।

यसअन्तर्गत चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३३० जना स्वास्थ्यकर्मीलाई एकदिने अभिमुखीकरण दिइएको छ।

त्यस्तैगरी बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसंग सम्झौता गरेको छ। वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैकले थप प्रकिया अगाडि बढाइसकेको छ। यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रु. ८ करोडको सहयोग प्रदान गर्ने भएको छ।

विपद्सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाई कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नुपर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजी क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसँग यस किसिमको साझेदारी गरेको हो। ‘हाम्रोजस्तो बहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्ध पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा हाम्रो विश्वास छ’, बैंकले भनेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.