add

निषेधाज्ञा अवधिमा कर्जा तिर्न नसके जरिवाना नलाग्ने






ActPro Nepal

|

५ जेठ, २०७८

|
806

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर कुनै पनि धितो लिलाम गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकहरुले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको १ महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी गर्न नपाउने व्यवस्था गरेको हो।

यस्तै, बैंकहरुले ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । राष्ट्र बैंकले हाल जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

गत वर्ष लकडाउन अवधिभर ब्याजमा १० प्रतिशत छुट दिइएको भए पनि यसपालि भने कुनै छुटको व्यवस्था गरिएको छैन ।यद्यपि,निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ब्याज पूँजीकरणको लागि राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको व्यवसायीक संचालन मिति परिवर्तन भएमा सो अवधिको ब्याज पूँजीकरण गर्न पुनः राष्ट्रबैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएकाे छ ।

यस्तै, राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधारदरमै ऋण पाउने व्यवस्था गरेको छ । हाल बैंकहरुको औसत आधारदर ७.१९ प्रतिशत रहेको छ ।

निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा हुने व्यवस्था गरिएको छ।

यस्तै, राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको ब्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका र आफ्नो वेबसाइटमा प्रकाशित गर्दै आएका छन्। अब ग्राहकले दिएको मोबाइल नम्बरमा एसएमएस गरेर वा इमेल गरेर पठाउनु पर्ने हुन्छ।

ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्कृय भएका बैंक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट समेत अद्याधिक गरी खाता सुचारु गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएकोे छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.