add

एनआइसी एसिया बैंकले सहयाेग गर्याे टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन






ActPro Nepal

|

४ जेठ, २०७८

|
648

काठमाडौं । एनआइसी एसिया बैंकले टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ ।

नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको समयमा बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अधिकृत न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिए।

बैंकद्वारा प्राप्त भएको उक्त मेसिन सोमबारै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालकाे भनाइ छ ।

उक्त मेसिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोभिड-१९ महामारीलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य सामग्री संकलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिएको छ ।

टोखामा हालसम्म पाँच हजार ६९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७४५ पिसिआर परीक्षण र एक हजार १९७ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ९०५ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको  छ । यससँगै कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.