add

माघमा रियल स्टेट कर्जा बढ्यो, मार्जिन लेण्डिङ र हायर पर्चेज घट्यो






ActPro Nepal

|

२ चैत, २०७६

|
951

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामामात्रै रियल स्टेट कर्जामा १ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षमा रियल स्टेटमा १५ अर्ब ४८ करोड लगानी गरेका हुन् । सो कर्जामध्ये माघ महिनामात्रै सवा एक अर्बभन्दा बढीको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले रियल स्टेटमा एक खर्ब ६२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।  

रियल स्टेट कर्जाको माग बढ्दै गएपनि बैक तथा वित्तीय संस्थामा खुद्रा लोनको माग भने घट्न थालेको छ । सहज रूपमा लिइने मार्जिन प्रवृत्तिको कर्जामा लगानीकर्ताको आकर्षण घट्दै गएको छ । बजारको लागनी कारोबारको अवस्थाले चालु आर्थिक वर्षको पुस महिनाको तुलनामा माघमा ३१ करोडले मार्जिन लेण्डिङ कर्जा घटेको देखाएको हो ।

निरन्तर शेयर बजार घटेपछि मार्जिन प्रवृत्तिको कर्जाको माग घटेको हो । माघसम्म निरन्तर रुपमा शेयर बजार घटिनै रहेको थियो । फागुन पहिलो र दोस्रो साता शेयर बजार बढेपनि फेरि त्यो प्रवृत्तिले उल्टो रुप लिइसकेको छ । यसले पनि यस्तो प्रकृतिको कर्जामा आकर्षण घटाएको हो । यसले ऋण लिएर शेयर किन्दा हुनसक्ने जोखिमबाट लगानीकर्ता सतर्क देखिएका बुझाउँछ । 

गत आवको अत्यमा यस्तो प्रकृतिको कर्जामा बैंक तथा वित्तीय संस्थाले ४५ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, पुससम्म यो कर्जा बढेर ४५ अर्ब ६७ करोड पुगेपनि माघमा पुनः घटेर ४५ अर्ब ३५ करोडमा सीमित भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

मार्जिन लेण्डिङ जस्तै माघ महिनामा हायर पर्चेज कर्जा पनि घटेको छ । बैंक तथा वित्तीय संस्थाले पुसको तुलनामा माघ महिनामा करिब

१६ करोड रुपैयाँले कम लगानी गरेका छन् । वित्तीय संस्थाहरूले गत आवको अन्त्यसम्म हायर पर्चेजमा जम्मा एक खर्ब ८० अर्ब ९५ करोड लगानी गरेका थिए । सो लगानी पुससम्म बढेर एक खर्ब ८३ अर्ब  पुग्यो भने माघमा ०।०९ प्रतिशतले घटेर एक खर्ब ८२ अर्ब ८३ करोडमा सीमित भएको छ । 

त्यसरी नै बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै आएका खानी तथा खानीजन्य पदार्थको उत्खनन्मा लगानी घटेको छ भने यातायात, सञ्चार तथा सार्वजनिक उपयोगिताको क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाबाट कम लगानी भएको छ । ओभर ड्राफ कर्जा पनि माघ घटेको राष्ट्र बैंकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले चालु आवको माघ महिनासम्म जम्मा ३१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको अन्त्यसम्म यस्तो कर्जा २९ खर्ब ११ अर्ब थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.