add

सूर्यदर्शन सहकारी ठगीमा ४४ जनालाई प्रतिवादी बनाउन राय,रविको भागमा कति?






ActPro Nepal

|

१८ पुष, २०८१

|
95

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धानमा यस्तो सिफारिस गरिएको हो ।

प्रहरीले आरोपितहरूको बयान, सहकारी सम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका कागजात लगायत विषयको अनुसन्धान गरेर सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

अब प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

प्रहरीले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । पछि थप प्रमाण र तथ्य खुलेमा पूरक अभियोजन लैजाने प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले प्रतिवादीहरु माथि १ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने राय दिएको छ । त्यसमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरुमा १ अर्ब ११ करोड बिगो दाबी माग गर्नु परेकोमा पछि पीडितको संख्या थपिएको र जाहेरी परेकाले बिगो बढेको जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएको भेटिएको प्रहरीले उल्लेख गरेको छ । जसमध्ये सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईको हर्बो इन्टरनेसनल प्रालिमा गएको छ ।

त्यस्तै, जीबी गु्रप अफ कम्पनी प्रालिमा १ करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिमा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा ३ करोड ७८ लाख ७ हजार ९३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएको भेटिएको छ ।

स्वर्णलक्ष्मी सहकारीमा ५ हजार ६६९ बचतकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेका थिए । तीमध्ये ६९० बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.