काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ८ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावरले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि सूर्योदय वोमीले पुस २१ गते र अरु ७ कम्पनीले भोलि (पुस १९ गते) बुकक्लोज बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले यी कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।
हिमालयन डिष्टिलरीले गत आवको नाफाबाट १५ प्रतिशतका बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, वीरगञ्ज लिपनिविर्ता, पर्सामा २४ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, बोटलर्स नेपाल (तराइ)ले करसहित ५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ।
गत वर्षको नाफाबाट लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी ७ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १.६८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.०९ प्रतिशत नगद, कालिका लघुवित्तले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत, कालिका पावरले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ नगद लाभांश प्रस्ताव गरेका छन् । चारै कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधरण सभा बोलाएका छन् ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले ७.५ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद लभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले माघ ४ गते सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, सूर्योदय वोमी लघुवित्तले लाभांश पारित गर्न पुस २८ गते ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरमा१३ औँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।