add

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ ले मनायो ५१ दिन






ActPro Nepal

|

१७ मंसिर, २०८०

|
195

 काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिवार राजधानी र मोफसलका केही हलमा यो सफलता प्राप्त गरेको हो । चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेर खुशीयाली साटेको छ । 

सेलिब्रेट कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहित चलचित्रको उपस्थित टिमले केक काटेर खुशी साटेका हुन् । यो चलचित्रले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । 

चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत शीर्ष भूमिका छ ।

सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध छ । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । राजेन्द्र मोक्तानको कलर, दिनेश विष्ट र मनोज श्रेष्ठको भिएफएक्स, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन रहेको चलचित्रको पब्लिसिटी डिजाइन मिराज अर्यालले गरेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.