add

चलचित्र ‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक सो






ActPro Nepal

|

१३ फागुन, २०८१

|
118

काठमाडौँ । वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ सोमबार खुला भएको खबरले दर्शकहरूमा चर्को उत्साह ल्याएको छ। बुधबार रिलिज हुने यो चलचित्रले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा प्रशंसायोग्य शो संख्या पाएको छ।

देशकै ठुलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा कुल ६५ शो उपलब्ध गराइएको छ, जसमा काठमाडौं उपत्यका भित्र २९ र उपत्यका बाहिर ३६ शो समावेश छन्। साथै, विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४ र बीएसआरले ४ शो प्रदान गरेका छन्। आईएनआई र वान सिनेमाजले पनि आफ्नो शो बाँडफाँट गर्ने तयारीमा छन्। हालसम्म खुला भएका हलहरूबाट ‘लाज शरणम्’ले १०१ शो प्राप्त गरेको खल्ती एपमा देखिएको छ।

चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। यस चलचित्रमा लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको र मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) रहेका छन्। चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुँदा दर्शकहरूले हास्य र मनोरञ्जनको अनौठो संगमको अनुभव गर्ने अपेक्षा गरिएको छ।

साथै, चलचित्रमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत चर्चित कलाकारहरूको दंगल छ। जेपिटी क्रियसनको ब्यानरमा बनेका यस सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा पर्दा पछाडि छन्।

अग्रिम बुकिङ खुलासापछि देशभरका सिनेमाहलमा उत्साह र दर्शकहरूको भीडले पुष्टि गरेको छ कि ‘लाज शरणम्’ले मनोरञ्जनका नयाँ आयाम प्रस्तुत गर्नेछ। दर्शकहरूका प्रतिक्रिया र आगामी प्रदर्शनले चलचित्रको सफलतालाई थप मजबुत पार्ने विश्वास गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.