add

दीपकराज गिरीको कटाक्ष: ‘शासन शैलीकै कारण पूर्वराजाको डिमान्ड बढ्यो’






ActPro Nepal

|

१६ चैत, २०८१

|
1113

काठमाडौं । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले दलका नेताहरुलाई नै राजा मानेर समर्थन गरिरहेको बताएका छन्।

उनले भने, "२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ! मेरो राजावादी यात्रा ठोस रूपमा २०४६ पछि सुरु भएको हो। प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जाग्यो र अन्ततः शेरबहादुर 'राजा'को पार्टी रोजियो।"

गिरिले २०६२/६३ को आन्दोलनको समयमा 'प्रचण्ड राजा'को क्रान्तिकारी तेजबाट प्रभावित भएर राजावादी हुन पुगेको स्मरण गर्दै व्यङ्ग्यात्मक रूपमा आफूलाई फेरि पनि राजावादी बनेको बताएका छन्।

उनले राजावादी आन्दोलनको एक दिनअघि आफूलाई 'बौद्धिक भेला' मा बोलाएर राजावादी सूचीमा राखिएकोमा भने कडा असन्तुष्टि व्यक्त गरेका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.