add

टाटाको सफारी नेपालमा ,मूल्य कति?






ActPro Nepal

|

१ फागुन, २०८१

|
45

काठमाडौँ । प्रिमियम एसयूभी नयाँ टाटा सफारीे नेपाली अटो बजारमा सार्वजनिक भएको छ । ७ सिट क्षमताको यस आरामदायी गाडी सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाल भित्र्याएको हो ।

सिप्रदी नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक बितरक हो ।

उक्त नयाँ गाडीलाई सिप्रदीले ‘उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण’ भनेको छ । शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ भन्छन्, ‘हामी नेपाली बजारमा प्रिमियम फ्ल्यागशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ ।’

ल्याण्ड रोभरको डी–८ प्लेटफर्ममा आधारित एवम् ओमेगा–आर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवम् जीवनशैलीसँग मेल खाने भनेर कम्पनीले यस गाडीको महत्व दर्शाएको छ । यो सवारीबारे कम्पनीले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ ‘विलासी ७ सिटे गाडी खोजिरहनु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौ ।’

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा उपलब्ध छ । त्यस्तै ६ तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध रहेका छन् ।

त्यसैगरी, टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्वीटर + सब–उफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका सुविधाहरु यस गाडीमा उपलब्ध छन् ।

सुरक्षामा ग्लोबल एनक्यापबाट ५ तारे (फाइभ स्टार) रेटिङ्ग प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ ।

यस्तै, ३६० डिग्रीको ‘सराउन्ड भ्यू’ सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.