ओन्टारियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि गरेको आक्रमणको सामना गर्दै मित्रताको खोजी गर्न क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नी सोमबार पेरिस र लन्डन जाँदै छन् ।
क्यानाडाको प्रारम्भिक अस्तित्वलाई आकार दिने दुई देशको राजधानी सहरहरूमा कार्नीले जानाजानी आफ्नो पहिलो विदेश भ्रमण गर्दै छन् । शुक्रबार आफ्नो शपथ ग्रहण समारोहमा कार्नीले फ्रान्सेली, अङ्ग्रेजी र आदिवासी गरी तीन जनताको आधारशिलामा देश निर्माण भएको उल्लेख गर्दै क्यानाडा अमेरिकाभन्दा मौलिक रूपमा भिन्न रहेको र ‘कुनै पनि आकार वा रूपमा कहिल्यै पनि संयुक्त राज्यको हिस्सा हुनेछैन’ भने ।
‘ट्रम्प फ्याक्टर नै यस यात्राको कारण हो । ट्रम्प फ्याक्टरले कार्नीले सामना गर्नुपर्ने अरू सबै कुरामा प्रभुत्व जमाउँछ’, टोरन्टो विश्वविद्यालयका प्राध्यापक इमेरिटस नेल्सन वाइजम्यानले भने ।
उन्साठ्ठी वर्षीय पूर्व केन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नेछन् र त्यसपछि लन्डन जानेछन् । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्नेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।