add

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै, अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने






ActPro Nepal

|

२७ फागुन, २०८१

|
275

बागमती । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ ।

सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखिकरणको शुभारम्भ गरेका थियो। यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्यांक प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए ।

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लूबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन् । ती सबै सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.