काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारको जस्तै प्रति तोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम रहेको छ। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४९ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ।
तर, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। आइतबार प्रति तोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँ घटेर २ हजार ४० रुपैयाँमा झरेको छ। १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४९ रुपैयाँ ५० पैसा तोकिएको छ।
नेपाल सुनचाँदी बजारमा दैनिक मूल्य परिवर्तन हुने भएकाले लगानीकर्तालाई सतर्क रहन व्यवसायीहरूले आग्रह गरेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।