काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो।
यसैगरी युरोपियन युरोको मूल्य पनि बुधबारभन्दा आज घटेको छ। आज युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १६७ रुपैया ३० पैसा छ। हिजो युरो १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा थियो।
यस्तै आज यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तोकिएको छ। बुधबार यसको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा थियो।
बाँकी विदेशी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्





Comment