नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। उनलाई काठमाडौंको बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित प्रकाशित समाचारबारे अनुसन्धान तथा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन्।

केही दिनअघि नेपाल प्रेसले सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श सुरु गरेको आशयको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसैबीच, प्रहरीले आजै अर्का पत्रकार शोभराज बराललाई समेत पक्राउ गरेको छ। एउटै दिन दुई पत्रकार पक्राउ परेपछि पत्रकारको गिरफ्तारी, प्रेस स्वतन्त्रता र समाचार प्रकाशनसँग सम्बन्धित अनुसन्धानको विषयलाई लिएर सञ्चार क्षेत्रमा चासो र चिन्ता बढेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।