दराजमाथिको झोला खोल्दा किन पक्राउ परिन् २३ वर्षीया अस्मिता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-२, हल्लानगरमा ब्राउन सुगरजस्तो पदार्थसहित २३ वर्षीया युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा स्थानीय अस्मिता बोहोरा रहेकी छन्। प्रहरीका अनुसार बोहोराले आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कोठाको दराजमाथि राखिएको कालो रंगको महिलाले बोक्ने झोलाभित्र खैरो रंगको धुलोजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल ९ ग्राम २४० मिलिग्राम रहेको छ।

प्रहरीले लागूऔषध तौल गर्न प्रयोग हुने एउटा डिजिटल तौल मेसिनसमेत बरामद गरेको छ। पक्राउ परेकी बोहोरालाई वडा प्रहरी कार्यालय चन्द्रौटा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।