काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सयले महँगिएर २ लाख ८३ हजार ५ सय रूपैयाँ पुगेको हो ।
बुधबार सुन तोलाको २ लाख ८३ हजार २ सय रूपैयाँका कारोबार भएको थियो ।
सुनको मूल्य बढेको दिन चाँदी भने प्रतितोला ५० रूपैयाँले सस्तिएर ३९ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ ।




Comment