एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांशसहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले आफ्ना सेयरधनीहरूका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । प्रस्तावित बोनस सेयर जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ ।

त्यसैगरी, साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि ‘श्री जी.पी. राजवाहक एण्ड कम्पनी’लाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाबाट सर्वसम्मतिले पारित भएको बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।