पर्थबाट अस्ट्रेलियाको सांगीतिक यात्रामा १९७४ एडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्ट्रेलियाको पर्थमा नेपाली चर्चित सांगीतिक ब्यान्ड ‘१९७४ एडी’को कन्सर्ट सम्पन्न भएको छ। म्याग्नेट हाउसमा आयोजित कार्यक्रममा ६ सयभन्दा बढी दर्शकको सहभागिता रहेको ब्यान्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए।

कन्सर्ट ब्यान्डको लोकप्रिय गीत ‘तिमीलाई पिरतीले बाँधुला’बाट सुरु भएको थियो। करिब दुई घण्टाभन्दा बढी समयसम्म चलेको कार्यक्रममा ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएको थियो।

ब्यान्डका सदस्य सञ्जय श्रेष्ठले पर्थमा अपेक्षाभन्दा बढी माया र सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनले पर्थमा पहिलोपटक आयोजना गरिएको शोले उत्साह थपेको उल्लेख गर्दै विदेशमा रहेका नेपाली समुदायले नेपाली संगीतप्रति देखाएको प्रेमले आफूहरूलाई थप प्रेरित बनाएको बताए।

“पर्थमा हाम्रो पहिलो शो थियो, जुन अपेक्षा गरेभन्दा पनि निकै राम्रो भयो। दुई वर्षपछि पर्थमा आएर नेपाली गीत–संगीतमा रमाउन पाउँदा निकै खुशी लागेको छ,” श्रेष्ठले भने। “विदेशमा रहेर पनि नेपाली संगीतलाई यति धेरै माया र साथ दिनुभएको देख्दा हर्षित छु।”

‘१९७४ एडी’ले पर्थमा करिब दुई वर्षपछि तेस्रोपटक प्रस्तुति दिएको हो। हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह आबद्ध छन्।

अस्ट्रेलिया भ्रमणअन्तर्गत ब्यान्डले क्यानबेरामा सेप्टेम्बर २६, ब्रिसबेनमा सेप्टेम्बर २८, न्युक्यासलमा सेप्टेम्बर ३०, सिड्नीमा अक्टोबर ३, मेलबर्नमा अक्टोबर ५ तथा एडिलेडमा अक्टोबर ८ मा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ।

‘रोटेपिङ’को सहकार्यमा ब्यान्डले युरोपका विभिन्न सहरहरूमा समेत सांगीतिक प्रस्तुति दिँदै आएको छ। विदेशमा रहेका नेपाली समुदायमाझ लोकप्रिय ‘१९७४ एडी’ले आफ्नो अन्तर्राष्ट्रिय सांगीतिक यात्रालाई निरन्तर विस्तार गर्दै लगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।