प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह आगामी मंसिर ६ र ७ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच करिब ३० मिनेट एक्लाएक्लै छलफल हुने कार्यतालिका रहेको छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ ।

भ्रमणका क्रममा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा हवाई सम्पर्क विस्तारका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।