काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र तथा विधामा उत्कृष्ट करदाता व्यक्ति र संस्थालाई सम्मान गरेको हो ।
विभागले निकाय, उद्योग, बैंकिङ, बीमा, पर्यटन, ऊर्जा, निर्यात तथा व्यक्तिगत करदातालगायत विभिन्न विधामा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको जनाएको छ ।
सम्मानित व्यक्ति तथा संस्थाहरूको सूची :
- निकायहरूमध्ये: सूर्य नेपाल
- एकलौटी फर्महरूमध्ये: थर्ड आइ इन्टरनेसनल
- वस्तु निर्याततर्फ: डाबर नेपाल
- आईटी सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल
- कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड
- बैंकिङ कारोबारतर्फ: नबिल बैंक
- स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
- पर्यटन व्यवसायतर्फ: सोल्टी होटल
- वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स
- वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने संस्थातर्फ: फुड एन्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि
- ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी
- व्यक्तिगत रूपमा सबैभन्दा बढी कर तिर्ने: राजबहादुर साह
- रेमिट्यान्स कारोबारतर्फ: आईएमई लिमिटेड
- २०७७ देखि २०८३ सम्म मूल्य अभिवृद्धि कर (मूअकर) विवरण तथा कर समयमै बुझाउने संस्थातर्फ: हिमालयन डिस्टिलरी
- विशेष उद्योगतर्फ: बरुण बेभरेज नेपाल
- जीवन बीमा क्षेत्रतर्फ: एलआईसी नेपाल
- निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
- लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त
त्यस्तै, प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिकता तथा उद्यमशीलता प्रदर्शन गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई पनि सम्मान गरिएको छ ।
कर दिवसका अवसरमा प्रदान गरिएको सम्मानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने करदाताको भूमिका उजागर गर्नुका साथै कर अनुपालन र राजस्व योगदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।





Comment